त्रिवि शिक्षण अस्पतालका एक कर्मचारीको कोरोनाबाट मृत्यु



काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ ।

अस्पतालमा कार्यरत ५७ वर्षीया एक महिला कर्मचारीको उपचारका क्रममा मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले प्रशासनमा कार्यरत ती महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए । ती महिला कर्मचारीमा एक हप्ताअघि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्