कैलालीमा गहुँको स्वाद तथा गुणस्तर परिक्षण



धनगढी : गहुँको जात छनोट कार्यक्रम कैलालीको गौरीगंगा नगरपालिका ७ मा गरिएको छ ।

उत्पादन, भण्डारण, स्वाद र गुणस्तर सम्बन्धि स्थानीय धौलागिरी कृषक पाठशाला मनकापुरका किसानहरुले गत वर्ष लगाएका १२ जातका गहुँमा गुणस्तर छनोट गरिएको हो ।

मुछेको पिठो, रोटी बेल्नमा सजिलो, पाक्न लाग्ने समय, रोटीको स्वाद र खादा कस्तो छ भन्ने विषयमा धौलागिरी, बाढगंगा, मुनाल, च्याखुरा लगाएतका १२ जातका गहुँको स्वाद तथा गुणस्तर परिक्षण गरिएको छ ।

पाठशालामा नियमित रुपमा सहभागी १८ जना किसानहरुले आफ्नो सहभागीतामा गहुँको विउ, मल छर्ने, सिचाइ , उत्पादन भण्डारण गरेर उपभोग गर्दासम्म कुन जातको गहुँमा कस्ता गुण रहेको भन्नेबारे विश्लेषण गरेका थिए ।

गहुँको गुण छनोटमा बीउ लगाउने देखा स्वाद परिक्षणमा सहभागी भएका पाठशालाका किसान पुष्पा साउँदले प्रत्यक्ष रुपमा गहुमा सिकाई गर्दा आफुले लगाउने कृषि बालीमा आईपर्ने समस्याको समाधान गर्न र बीउ, मल, सिँचाइका साथै विषादी प्रयोगको अवस्था बाली भित्र्याउने र भण्डारणका कामको सिकाई भएको बताए ।

(लि-वर्ड) को सहयोगमा स्थानीय बीउ प्रणाली सुधार कार्यक्रम अन्तर्गत कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लामा मकै, गहुँ, धान, भट्टमास, तोरी खेतिमा काम भै रहेको छ ।

विउ छर्दादेखि भण्डार र उपभोग गर्दासम्म यस ठाउँको हावापानीमा एकै दिन छरेको गहुँ छिटो पाक्ने, गाज हाल्ने, रोग किरा र पानी सहन सक्ने तथा त्यहाँको अनुकुल रहेर उत्पादन र खानको लागि योग्य विशेषता भएका जात छनोट कार्यक्रम संचालन भै रहेको संस्थाका वरिष्ठ प्राविधिक सहायक मानवीर चौधरीले बताए ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्