अबैध रुपमा अफ्रिकाबाट ८३० अर्ब डलर बाहिरियो



काठमाडौंः राष्ट्रसंघको एक अनुमान अनुसार यस शताब्दीको शुरुका १५ वर्षमा अफ्रिकी मुलुकहरुबाट अबैध रुपमा ८३० अर्ब डलर बाहिरिएको छ ।

यो रकममध्ये उच्च मूल्यका सुन, हीरा र प्लेटिनमबाट प्राप्त भएको रकमको हिस्सा अत्यधिक छ । अबैध रुपमा यो रकम बाहिरनबाट रोक्न सकेको भए अफ्रिकी मुलुकहरुमा स्वास्थ्यसेवा, शिक्षा र पूर्वाधार निर्माणमा अभूतपूर्व प्रगति हुने राष्ट्रसंघको अध्ययनले देखाएको छ ।

सोमबार जेनेभामा आयोजित व्यापार र विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (अन्कटाड) का अवसरमा प्रकाशित प्रतिवेदनमा अफ्रिकाबाट भएको गैरकानुनी र अबैध वित्तीय प्रवाहलाई विशेष रुपमा जोड दिएको छ । प्रतिवेदनले अफ्रिकाबाट पैसाका साथै सम्पत्ति पनि बाहिरिएको उल्लेख छ ।

अफ्रिकामा चोरी, भ्रष्टाचार र सिपिङको बिल गलत राख्ने जस्ता अनेक समस्या छन् । सन् २०१३ देखि २०१५ को बीचमा औसतमा प्रतिवर्ष झण्डै ८९ अर्ब डलरका दरले अफ्रिकाबाट थप रकम बाहिरिएको देखिएको छ ।

तुलनात्मक रुपमा हेर्दा, अफ्रिकाले विदेशी दातृ निकायबाट वार्षिक करिब १०२ अर्ब डलर प्राप्त गरेको देखिन्छ । अन्कटाडका महासचिव मुखिसा किटुयीले भने,“गैरकानुनी वित्तीय प्रवाहले अफ्रिका र यसका जनताको आकाँक्षामाथि नै खेलवाड गरेको छ । पारदर्शिता र जवाफदेहीतालाई नजरअन्दाज गरिएको छ भने अफ्रिकी संस्थामाथिको भरोशामा तुषारापात भएको छ ।”

अन्कटाडले सन् २००० देखि २०१५ को बीचमा अफ्रिकाबाट अबैध रुपमा करिब ८३६ अर्ब डलर बाहिरिएको जनाएको छ । अन्कटाडका अनुसार सन् २०१५ मा मात्र ४० अर्ब डलर बराबरको रकम बाहिरिएको छ, र यो रकम विशेषगरी बहुमूल्य धातु सुनको बिक्रीबाट प्राप्त भएको भएको हो । अबैध रुपमा रकम बाहिरिएका मुलुकहरुमा मुख्य रुपमा दक्षिण अफ्रिका, नाइजेरिया र इजिप्ट रहेका छन् ।

अबैध रुपमा रकम विदेशिनबाट रोक्न सकिए त्यसबाट अफ्रिकामा सडक, रेलवे, विद्यालय र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा प्रशस्त लगानी गर्न सकिने पनि अन्कटाडको ठम्याई छ । अन्तर्राष्ट्रिय कर प्रणालीमा सुधार गर्न सके मात्र अफ्रिकाबाट अबैध रुपमा रकम विदेशिने क्रम रोकिने पनि अन्कटाडले जनाएको छ । रासस

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने

काठमाडौं– हरेक वर्ष अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा

सुर्खेत : शनिवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको छ। जसमा

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ। नेता

टीकापुर : टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् ।

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष

काठमाडौं– हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि “विश्व विकास सूचना दिवस“ मनाइन्छ। सन् १९७२ मा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्सालाई विवाद तान्न

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति

लमजुङ : हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो