बलात्कार र हत्याका आरोपीलाई कठघरामा ल्याउँछौं : गृहमन्त्री



काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा कदम चालेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

असोज ७ गते सम्झनाको बलात्कारपछि हत्या भएको थियो । उनको हत्यामा संलग्न राजेन्द्र बोहोरालाई हिजो प्रहीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरको थियो ।

‘बझाङको घटना होस् कि सिरहा तथा काठमाडौंको, दोषीहरूलाई कानुनको कठघरामा ल्याउन कडा कदम चालिएको छ,’ बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले भने–‘राज्यका तर्फबाट हामीले यस किसिमका घटना रोकथाम र नियन्त्रणका लागि कानुन र नियम बनाएका छौं । यसका साथसाथै जनतामा जागरण ल्याउने अभियान पनि गर्दै आएका छौं । यस्तो हुँदाहुँदै पनि घटना रोक्न सकेका छैनौं ।’

बैठकमा सप्तरीमा पनि परिवार र पञ्चायतले बलात्कारको घटनाबारे बालिकालाई उजुरी गर्न नदिएपछि उनले आत्महत्या गरेको गृहमन्त्रीले बताए ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्