बलिउड अभिनेता अक्षत आफ्नै अपार्टमेन्टमा मृत फेला



काठमाडौं : बलिउडका चर्चित टिभी अभिनेता अक्षत मृत अवस्थामा फेला परेका छन् ।

२६ वर्षिय अक्षत मुम्बईको अंधेरी इलाकास्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका थिए । अक्षत काम नभएका कारण डिप्रेशनमा गएको र उनले आफ्नै ज्यान फालेको भारतीय प्रहरीले जनाएका छन् ।

भारतिय मिडियाका अनुसार उनले आफ्नै निवासमा नै देहत्याग गरेका छन् । एक महिला साथीसँग अंधेरी आरटीओ नजिकै एक टोलमा उनी बस्दै आएका थिए । उनको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको भारतिय मिडियामा जनाइएको छ ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्