आजको सेयरबजार करिब २ अर्बको कारोबार



काठमाडौं : आज सेयरबजार सामान्य अंकले घटेको छ । बजार मापक नेप्से सूचक ३.१९ अंकले रातो भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ सय ९० वटा कम्पनीको ८० लाख १९ हजार कित्ता सेयर बिक्री भएको छ । दिनभरिमा ३६ हजार २ सय ८२ पटकको खरिदबिक्रीमा आज १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

११ बजे खुलेको सेयरबजार दिउँसो १ बजेसम्म निरन्तर ओरालो लागे पनि त्यसपछि उकालो लाग्न सुरु भएको थियो । आज नेप्से १५५०.४३ विन्दुमा रोकिएको छ । सेन्सिटिभ सूचक ०.६४ अंकले घटेको छ ।

आज वाणिज्य बैंक, व्यापार, होटल, निर्जीवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा सबैको कारोबार सूचक घटेको छ भने विकास बैंक, जलविद्युत, फाइनान्स र म्युचुअल फन्डको सूचक भने बढेको छ । आजको कारोबारमा दुईवटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट लागेको छ ।

कामना सेवा विकास बैंक र जोशी हाइड्रोपावर कम्पनीको उच्च अंकले बढेको हो । आज धेरै घट्ने कम्पनी ६.८७ प्रतिशतसम्मले ओरालो लागेका छन् भने नेपाल पुनर्बीमा कम्पनीको ११ करोडको सेयर कारोबार भएको र यो नै आजको सर्वाधिक कारोबार हो ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्