कोरोना संक्रमित र मृतकको तथ्यांक लुकायो भारत : ट्रम्प



एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा कोरोना भाइरसबाट संक्रमित तथा ज्यान गुमाउनेको संख्या लुकाइएको आरोप लगाएका छन् ।

कोरोना महामारीलाई लिएर यसअघि चीनविरुद्ध खनिएका र क्वाड गठबन्धनमा भारतलाई सरिक गराएका ट्रम्प यतिखेर भारतविरुद्ध नै खनिएका हुन् । राष्ट्रपतीय चुनावका दौरान ट्रम्प बुधबार आफ्ना प्रतिस्पर्धी जो बाइडनसँग स्वास्थ्य, न्याय, नस्लीय भेदभाव र अर्थव्यवस्था जस्ता अलग–अलग मुद्दामाथि बहस गरिरहेका थिए ।

ट्रम्पले अमेरिकामा भन्दा भारत, रुस र चीनमा धेरै संक्रमितको मृत्यु भएका, तर वास्तविक आंकडा लुकाइएको बताएका बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्