क्विक रेस्पोन्स टीमलाई नेपाल औषधि उत्पादक संघद्धारा स्वास्थ्य उपकरण तथा औषधी सहयोग



जनकपुरधाम: कोभिड़-१९ क्विक रेस्पोन्स टीमलाई नेपाल औषधि उत्पादक संघले स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराएको छ ।

विगत करिव दुइ महिनादेखि जनकपुरधाममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन आईरहेको महेन्द्र नारायणी निधि स्मृति प्रतिष्ठानद्वारा सञ्चालित कोभिड़–१९ क्विक रेस्पोन्स टीमलाई नेपाल औषधि उत्पादक संघले करिव २ लाख बराबरको स्वास्थ्य उपकरण र औषधि हस्तान्तरण गरेको हो ।

मुख तथा दन्त रोग विशेषज्ञ डाक्टर सज्जन ठाकुरको पहलमा संघका महासचिव विप्लव अधिकारीले क्विक रेस्पोन्स टीमलाई ति सामग्रीहरु जिम्मा लगाएका हुन् । डाक्टर ठाकुरको पहलमा संघले औषधि, सेनिटाइजर, चिकित्सकलाई प्रयोग गर्ने पोशाकलगायतका सामग्री हस्तान्तरण गरेको क्विक रेसपोन्स टीमका सदस्य दीपक ठाकुरले जानकारी दिए ।

सामग्री हस्तान्तरण गर्दै महासचिव अधिकारीले कोरोनाकालमा क्विक रेस्पोन्स टीमले विभिन्न पालिका भित्र चलाएको यो स्वास्थ्य शिविरले आम जनतालाई स्वास्थ्य उपचारमा राम्रो काम गरेकोले आफूहरु यी सामानहरु सहयोग गरेको बताए । उनले आगामी दिनमा नेपालका बिभिन्न औषधिका कम्पनी संग सहकार्य गर्दै टीमलाई चाहिने सबैखाले औषधिहरु उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए ।

कोभिड़-१९ क्विक रेस्पोन्स टीमले जनकपुरको मुसहरी टोल, कुवा रामपुर, लादो बेला, मुखियापट्टी मुसहरनियालगायतका स्थानहरुमा निःशुल्क शिविर सञ्चालन गरिसकेको छ ।

स्वास्थ्य उपकरण तथा औषधि हस्तान्तरण कार्यक्रममा क्विक रेस्पोन्स टीमको तर्फबाट जिबनाथ चौधरी, मनोज साह , डाक्टर सज्जन ठाकुर , चन्दन राय , दीपक ठाकुर अभिनास सिंह तथा उत्पादक संघको तर्फबाट टाइम फर्माका रविन्द्र सिंह, मुकुंन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्