कैलालीका १५६ सहित १८४ जनामा कोरोना पुष्टि



धनगढी : धनगढीमा भएको परीक्षणमा कैलालीका १ सय ५६ सहित थप १ सय ८४ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ६१ जनाको कोरोना परीक्षण भएकोमा १ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशको अस्थायी राजधानी धनगढीका ९० जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा न.१ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर ३ का ९ जना, वडा नम्वर ४ का १० जनामा संक्रमण पुष्टि भएको छ ।

वडा नं.५ का ४, वडा नं.६ का २, वडा नं.७ का ४, वडा नं.८ का ७, वडा नं.११, १२, १३ र १८ का १–१ जना र वडा नं.१९ का र्२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीको गोदावरीका १८, भजनीका १६, गौरीगंगाका १४, घोडाघोडीका ९, टीकापुरका ३, लम्कीका २ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरका २१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन् ।

भीमदत्त नगरपालिकाका ११, बेदकोटका ४, पुनरवासका ३, कृष्णपुरका २ र शुक्लाफाँटाका १ जनामा संक्रमण पुष्टि भएको छ । बझाङको जयपृथ्वी, खप्तड छान्ना र बिथ्तडचिरका १-१ जना, अछामको मेल्लेख, डडेल्धुराको परशुराम र बैतडीको पञ्चेश्वरका पनि १-१ जनामा संक्रमण पुष्टि भएको छ । एक जना भने बर्दीया मधुवनका हुन् ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्