नक्कली लोक सेवा आयोग : परिक्षा लिंदै गर्दा २७ जना पक्राउ



पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७ जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज ५ कुम्हाल टोलस्थित रेल्वे रोडमा रहेको देव पार्टी प्यालेसमा असइ पदको लागि नक्कलि लोक सेवा आयोगको परिक्षा लिई रहेको अवस्थामा प्रहरीले छापामारी गरेको हो ।

परिक्षा लिई रहेकै अवस्था २१ जना परिक्षार्थि र ६ जना नकली प्रहरी अधिकृतलाई पक्राउ गरेको छ । बारा जिल्लाको जितपुरका अरबिन्द कुमार भार नक्कली प्रहरी निरीक्षक बनेर प्रहरीकै पोसाक लगाएर परिक्षा लिई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकालाई लोक सेवा आयोगको कागज पत्रसहित जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अपराध नियन्त्रण टोलिका प्रहरी नायब निरीक्षक प्रकास राउतले लोक सेवा आयोगको नक्कली परिक्षा नक्कली प्रहरी अधिकृत नै बनेर लिई रहेको अवस्था पक्राउ गरिएको बताएका छन् ।

उनले भने,‘देव पार्टी प्यालेसबाट केही नक्कली प्रहरी अधिकृत बनेर नक्कलि परिक्षा लिई तिनिहरुसँग लाखौ ठगी गर्ने बनाएर विद्यार्थीहरुको भबिष्यसँग खेलवाड गरि रहेको अवस्थामा रङ्गे हात पक्राउ गरेका छौँ ।’ उनीहरुलाई केही बेरमा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

बिगत एक महिनादेखि देव पार्टी प्यालेसका हल र अफिस कोठा लिई लोक सेवा आयोगको नक्कली लोग सेवा आयोगको कक्षा तयारी गरि रहेको थियो । पार्टी प्यालेसका संचालक पन्नालाल चौरसियालाई नक्कलि प्रहरी निरीक्षक अरबिन्द कुमार भारले आफ्नो प्रभावमा पारी नक्कली प्रहरी सहायक निरीक्षक पदको लागि कक्षा संचालन गरि विद्यार्थीहरुबाट लाखौ ठगि गर्ने योजना बनाएको खुलेको छ ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतलनिवासको आधिकारिक ट्विटर ह्यान्डल बन्द गरिएको छ। राष्ट्रपतिको कार्यालयका सूचना र जानकारी

जनकपुरधाम– सर्लाहीमा एकजना वडाध्यक्षले मेला हेर्न गएका एक दलित युवकलाई चोरीको आशंकामा मरनासन्न हुनेगरि कुटपिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

झापा– वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार

बिहार– बिहार विधानसभाका लागि पहिलो चरणको लागि मतदान भइरहेको छ । बिहान ९ बजेसम्म ७.१७

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । बुधबार मौसम बुलेटिन जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर

चितवन– कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुरमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ। पूर्वि नवलपरासीको

पर्सा– नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे पर्सा प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै

काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ मा नेपाल आउने भएका छन्

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् । जिल्लामा पर्ने