मुख्यसचिव लोकदर्शन रेग्मीद्वारा राजीनामा



काठमाडौं : मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि नै राजीनामा दिएका हुन् ।

रेग्मीको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारै स्वीकृत गरेको एक मन्त्रीले बताए ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा रेग्मीको राजीनामा स्वीकृत भएको हो । बैठक अहिले पनि जारी छ ।

असोज २२ भन्दा अघि नै राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छन् । रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्