मुख्यसचिवमा शंकरदास बैरागी नियुक्त



काठमाडौं : मन्त्रिपरिषदले मुख्य सचिवमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरिएको छ । यस्तै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको राजदूतमा नियुक्त गरिएको छ ।

यसअघि मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका थिए । मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि नै राजीनामा दिएका हुन् ।

रेग्मीको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारै स्वीकृत गरेका थिए । असोज २२ भन्दा अघि नै राजीनामा गरेकाले सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छन् । रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कार्यकाल सकिएर अवकाश लिएको भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसूदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।

प्रतिक्रिया दिनुहोस्