क्यानको सम्झौताको आलोचना



काठमाडौं : नेपालमा राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको केन्द्रीय सम्झौताको आलोचना भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को असोज ६ गते चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीको २०२० को केन्द्रीय सम्झौता गरेको थियो ।

पुरुषतर्फ १८ जना र महिलातर्फ १९ जना खेलाडीलाई ए, बी र सी गरी ३ समुहमा वर्गिकरण गरेको छ । नेपाली महिला टोलीका खेलाडी पहिलो पटक केन्द्रीय सम्झौतामा जोडिएका हुन् भने पुरुष टोलीको पनि हरेक समुहमा १५ हजार रुपैया तलब बढेको छ ।

यी राम्रा काम गरेको क्यानले वाहवाही पाउनु पर्ने हो तर, प्रशंसाभन्दा आलोचना बढी खेप्नु परेको छ । त्यति होइन, अब बस्ने बोर्डले केन्द्रीय सम्झौतामा समावेश खेलाडीको नामबारे छलफल गर्ने जानकारी दिएको छ ।

त्यस्तै इंग्ल्यान्डले खेलाडीको केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ । जसमा अनुभवी विकेटकिपर ब्याट्सम्यान जोनी बेरिस्टो टेस्ट क्रिकेटको सम्झौताबाट बाहिर परेका छन् । ३३ वर्षीय बेरिस्टो बेष्ट इन्डीज, पाकिस्तानसँगको टेस्ट सिरीजका लागि टोलीमा छनोटमा परेका थिएनन् ।

टेस्ट शृखालामा नरहेका बेस्टो टेस्टको केन्द्रीय सम्झौताबाट टाढा रहे तर, नेपालमा भने सन् २०१९ मा राष्ट्रिय टीमबाट खेल्दै नखेलेका खेलाडी केन्द्रीय सम्झौतामा समावेश भएका छन् । राष्ट्रिय टीमका अनुभवी खेलाडी सुवास खकुरेल र कमल सिंह ऐरीले २०१९ मा एउटा पनि खेल खेलेका थिएनन् ।

उनीहरु क्यानको केन्द्रीय सम्झौताको सी समुहमा छन् । महिला टीमतिर पनि खेल्दै नखेलेका खेलाडीलाई सम्झौतामा समावेश गरिएको छ । नियमित खेलिरहेका खेलाडी सम्झौतामा छैनन् । बेरिस्टोलाई सम्झौताबाट हटाउनुले नियमित खेलिरहेका खेलाडीले स्थान पाउन पर्छ ।

खेलाडीको खेलको मूल्याङ्कन गरेर उनीहरुलाई केन्द्रीय सझौतामा समावेश गर्नु पर्ने हुन्छ । नेपालले इंग्ल्यान्ड जस्तै सिको गर्दै क्रिकेट खेलेको हो । नेपाली क्रिकेटका लागि राम्रा कुराको सिको गर्न सके अझ फाइदा हुन्छ ।

प्रकाशित : १५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्