चकलेट र जुस गोदाममा छापा



काठमाडौं : प्रहरीले कलंकीको एक घरमा चकलेट र ट्याङ्ग (जुस पाउडर) को गोदाममा छापा मारेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको गणेशमान सिंह कलेजनजिकै छापा मारेर चकलेट र जुसको गोदाम नियन्त्रणमा लिएको हो ।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार म्याद नाघेका सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले गोदाममा छापा मारेको छ । अहिले सामानको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्