वाणिज्य बैंकको संचालक सदस्यमा कोइरालाले लिए सपथ



काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक संचालक समितिको सदस्यमा प्रा.डा.उपेन्द्र कोइरालाले सपथ ग्रहण गरेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी रहेका कोइरालालाई वाणिज्य बैंक संचालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले सपथ खुवाए ।

कोइरालाको नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सपथ रोकिएको थियो । कोइरालालाई तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय मार्फत भदौ ७ गते वाणिज्य बैंक संचालक समितिको सदस्य नियुक्त गरेका थिए ।

प्रकाशित : १५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्