उपत्यकामा ९४३ सहित देशभर १९११ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय ६१ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

तीमध्ये काठमाडौं उपत्यकाका मात्र ९४३ जना रहेका छन् । जसमा काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जना रहेका छन् ।

यसैगरी बिहीबार थप ११ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ३३ हजार ९४७ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७७ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या २१ हजार ८३० जना रहेको छ ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्