ब्राम्ह्न समाजले घरघरमै पुगेर २ हजार मास्क बाँडे



अमरेश कुमार मिश्रा/ जनकपुरधाम : कोरोना संक्रमणबाट बच्ने र बचाउने उद्देश्यका साथ ब्राम्ह्न समाज नेपालले मास्क वितरण गरेको छ ।

भाइरसको संक्रमणबाट बच्नभन्दै समाजले जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा २ हजार मास्क वितरण गरेको समाजका अध्यक्ष कौशलेन्द्र मिश्रले जानकारी दिए ।

No description available.

नवगठित ब्राम्ह्न समाज नेपालका अध्यक्ष मिश्रले भने,‘असोज १२ गते बसेको कार्यसमितिको बैठकबाट हामीले विभिन्न ३ वटा निर्णयहरु गरेका थियौं । जसअन्तर्गत पहिलो चरणमा दक्षिणी भेगका सबै गाउँमा घरघरमै गएर मास्क वितरण गर्ने, दोश्रो चरणमा सिलाईकटाईको तालिम सञ्चालन गर्ने र तेश्रो चरणमा पाग बनाउने तालिम सञ्चालन गर्ने निर्णय हामीले गरेका थियौं ।’

No description available.

उनले सोही निर्णयको आधारमा आज (बिहीबार) २ हजार मास्क घरघरमै गएर बाँडिएको जानकारी दिए । त्यस्तै भोली (शुक्रबार) देखि विजेता झाको नेतृत्वमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा सिलाई कटाईको तालिम सञ्चान गर्ने र यस महिनाको अन्त्यदेखि पाग बनाउने तालिम समेत सुरु गरिने जानकारी दिए ।

No description available.

मास्क वितरण कार्यक्रममा ब्राम्ह्न समाज नेपालका अध्यक्ष कौशलेन्द्र मिश्र, केन्द्रिय सदस्य किरण झा, अमरेश कुमार मिश्रा र अञ्जनी कुमार झा (मन्ना जी) लगायतकाहरु सहभागी थिए ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्