थप २२५३ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै १५९९ जना




काठमाडौं : नेपालमा आज थप २ हजार २ सय ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

आज (आइतबार) २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाको संख्या १५ सय ९९ रहेको छ । काठमाडौं जिल्लामा १३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जना संक्रमित भेटिएका हुन् ।

अहिले २२ हजार २ सय १९ जना सक्रिय संक्रमित रहेको प्रवक्ताका डा. गौतमले जानकारी दिए ।साथै हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

मन्त्रलायका अनुसार आज ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या ५३५ पुगेको छ ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ छन् भने होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ नमूनाको पीसीआर परीक्षण गरिएको छ । आज १३ सय २९ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित – १८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्