प्रदेश ५ को राजधानीका विषयमा सहमति जुटाउन सर्वदलीय बैठक शुरु



काठमाडौं : प्रदेश ५ को राजधानीका विषयमा सहमति जुटाउन सर्वदलीय बैठक शुरु भएको छ ।

सोमबार बिहानैबाट शुरु भएको बैठकमा सबै संसदीय दलका नेता र सचेतक बसेर छलफल भइरहेको प्रदेश सभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्रलाई तोकिएको विषय विरोध भएपछि विवाद समाधान गर्न सर्वदलीय बैठक बोलाइएको हो । आइतबार बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बैठक बसेको हो ।

सत्तापक्ष नेकपाले केन्द्रीय नेतृत्वसँग छलफल गर्नका लागि समय माग गरेपछि विना निष्कर्ष बैठक टुंगिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तापक्षले एकतर्फी रुपमा प्रदेशको राजधानी तोकेको भन्दै विरोध जनाएको थियो ।

यसैगरी काँग्रेसले आज १० बजेदेखि प्रदेश ५ सभा भवनमा धर्ना दिने भएको छ । प्रदेश राजधानीको प्रस्ताव सोमबार बस्ने संसद बैठकका पेश हुने भएपछि काँग्रेसले संसदमा धर्ना दिने भएको हो ।

प्रकाशित : असोज १९, २०७७

प्रतिक्रिया दिनुहोस्