श्रीमा र प्रिन्सा दुवैका पेसी स्थगित



काठमाडौं : अवैध बाटोबाट महंगा कार आयात गरेका श्रीमा डिस्ट्रिब्युसन नेपाल र प्रिन्सा अटोमोटिभ्सले सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी स्थगित भएको छ ।

आज (मंगलबार) का लागि तोकिएको पेसी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका १७ जना न्यायाधीश कोरोना भाइरसको संक्रमण जोखिमका कारण आइसोलेसनमा गएकाले मुद्दा स्थगित भएको हो ।

आवश्यक कागजात विना नै टेस्लाका कार आयात गरेको श्रीमा र अउडीको कार आयात गरेको प्रिन्सा सर्वोच्च पुगेका हुन् । टेस्ला आयातकर्ता श्रीमाले सर्वोच्चको आदेशको दुरुपयोग गर्दै कार दर्ता गराएको थियो ।

कारको कर पुरानै आर्थिक ऐन अनुसार हुने वा नयाँ अनुसार हुने, आयातको वैधानिकता के हो जस्ता विषयको अन्तिम फैसला सर्वोच्चले गरिसकेको छैन । तर विद्युतीय कार भएकाले सुरक्षित राख्न सर्वोच्चले दिएको आदेशको दुरुपयोग गर्दै श्रीमाले टेस्लाका दुई कारको दर्ता गरेर चलाउन थालेको थियो । त्यसबारेमा नेपाल लाइभले निरन्तर समाचार प्रकाशित गरेपछि उक्त कारको दर्ता खारेज भएको थियो ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्