बिहेकै दिन बेहुलीको हत्या



काठमाडौं : बिहे भोज चलिरहेकै एक बेला बेहुलाले बेहुलीको हत्या गरेका छन् ।

सुरुमा उनीहरुबीच भएको झगडा अन्त्यमा हत्यामा परिणत भयो । यो घटना रुसको नोबासिबिरिककोमा भएको हो ।

३३ वर्षीय ती बेहुलाले रक्सीले मातेका बेला अन्य एक युवकको डाहा लागेपछि श्रीमतीमाथि कुटपिट गरेका थिए । उनले अन्त्यमा ओकासाना नामकी ३६ वर्षीया बेहुलीको हत्या गरेको जनाइएको छ ।
प्रहरीले आरोपित युवकलाई पक्राउ गरेको छ । स्टिफन डोलगिख नामका ती युवक यसअघि पनि हत्या तथा लुटपाटको आरोपमा जेल बसिसकेको प्रहरीले जनाएको छ ।

युवकले दुलहीले खराब व्यवहार गरेका कारण आफ्नो होश गुमेको र घटना घटेको प्रहरीलाई बयान दिएका छन् । एजेन्सी

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्