चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु



चितवन : चितवनमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनी सोमबार अस्पताल भर्ना भएका थिए । उनमा मंगलबार नै कोरोना पुष्टि भएको थियो ।

योसँगै चितवनमा कोरोना भाइरस संक्रमण देखिएका ४७ जनाको मृत्यु भएको छ । जसमा चितवनका मात्रै २६ जना छन् । अरु मृतकहरु चितवन बाहिर घर भएर उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएकाहरु हुन् ।

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्