विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने ६ जना पक्राउ



स्याङजा : चापाकोट नगरपालिका-५ ज्याग्दी खोलामा विस्फोटक पदार्थ प्रयोग गरी माछा मारेको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

असोज १९ गते दिउँसो माछा मारेको अभियोगमा पाल्पा रामपुर नगरपालिका-३ का ३० वर्षीय बलराम राना, रामपुर-४ का ३४ वर्षीय प्रविन थापा, ३५ वर्षीय बद्री थापा, रामपुर-५ का २६ वर्षीय विमल थापा, स्याङजाको विरुवा गाउँपालिका-१ का २७ वर्षीय झकबहादुर थापा र २४ वर्षीय शिखर थापालाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीका अनुसार उनीहरुको साथबाट ५ ग्राम बारूद, आल्मोनियमको ४ थान पाइप लगायतका सामग्रीहरु बरामद भएको छ । पक्राउ परेकाहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दा दर्ता गरी मंगलबार जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरिएको छ ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्