चित्तल मारेको आरोपमा २ जना पक्राउ



बाँके : जंगली जनावर चित्तल मारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

डुडुवा गाउँपालिका-४ राप्ती पुलबाट करिब २६ किलो तौलको पोथ चित्तलसहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामा राप्ती सोनारी गाउँपालिका-६ बस्ने २३ वर्षीय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय अञ्जन हमाल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट फत्तेपुर ‘ख’ बाँकेबाट खटिएको प्रहरीले राप्ती सोनारी गाउँपालिका–६ कुण्डा चोकमा फत्तेपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे.८ प ५४६५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकलमा रहेका उनीहरु नरोकी भागेका थिए ।

फरार भएपछि जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई जाँच गर्दा घाँटी काटेर बोरामा राखेको अवस्थामा चित्तल फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।

आवश्यक कारबाहीका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित : २१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्