बाबुको हत्या गर्ने छोरा पक्राउ



गुल्मी : गुल्मीमा बाबुको हत्या गर्ने छोरा पक्राउ परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–४ का २६ वर्षीय अनिल बस्नेत पक्राउ परेका हुन् । अनिलको कुटपिटबाट ६० वर्षीय बाबु दिलबहादुर बस्नेतको मृत्यु भएपछि उनी फरार भएका थिए ।

गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) केदारराज पन्तका अनुसार अनिललाई वडा नम्बर–१ हर्पुकोटस्थित फुपु दिदीको घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

आफ्नै घरमा आइतबार साँझ अनिलले कुटपिट गर्दा उनको बाबु दिलबहादुर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका दिलबहादुरलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

पक्राउ परेका युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी पन्तले बताए ।

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्