शीतयुद्धको मानसिकता त्याग्न अमेरिकालाई चीनको आग्रह



काठमाडौं : चीनले अमेरिकालाई शीतयुद्धको मानसिकता त्याग्न आग्रह गरेको छ ।

हालै अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले जापानमा दिएको अभिव्यक्तिमा प्रतिक्रिया जनाउँदै चीनले आज (बुधबार) अमेरिकाले शीतयुद्धको मानसिकता त्याग्नु पर्ने बताएको रोयटर्सले जनाएको छ ।

अमेरिकाले चीनविरुद्ध लगातार रुपमा दिँदै आएको अभिव्यक्त र लगाउँदै अएका आरोपहरु तत्काल रोक्नुपर्ने चीनको भनाइ छ । अमेरिकी विदेशमन्त्री पोम्पिओले राजनीतिक द्वन्द्व जानाजान पैदा गर्न तथा बेइजिङलाई नराम्रो देखाउन बदमाशी गर्दै आएको चीनले आरोप लगाएको छ ।

पोम्पिओले क्वाड बैठकमा सहभागी हुन मंगलबार जापानको भ्रमण गरेका थिए । त्यहाँ उनले अस्ट्रेलिया, भारत र जापानसँग मजबुत सम्बन्धको वाचा गर्दै चीनविरुद्ध एक हुन आग्रह गरेका थिए । चीनले क्वाड समूहलाई आफूविरुद्धको समूहको रुपमा हेर्ने गरेको छ । क्वाडमा आवद्ध मूलुकहरुले बारम्बार चीनको आलोचना गर्दै आएका छन् ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्