माल्टा पठाउने भन्दै रकम ठगी गर्ने पक्राउ



XMA Header Image

सुनसरी : माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने सुरज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राई हुन् ।

राईले माल्टा पठाइदिने प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेपछि उनलाई सुनसरीबाट मंगलबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्