रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु



तिलोत्तमा : रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको बुधबार राति १० बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी सुशील गुरुङका अनुसार ती पुरुषमा असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजेटिभ’ देखिएको थियो ।

सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो ।

उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको गुरुङले जानकारी दिए । हालसम्म उक्त अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित : असोज २२, २०७७

प्रतिक्रिया दिनुहोस्