वर्ल्डलिङ्क देशभर निः शुल्क वाईफाई दिन तयार



काठमाडौं : नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले फ्रिक्वेन्सी पाएको खण्डमा देशभर दैनिक २ घण्टा निः शुल्क इन्टरनेट दिने बताएको छ ।

एक्सप्रेस वाईफाईका लागि फेसबुकसँग भएको सहकार्यको विषयमा जानकारी दिन आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले यस्तो बताएका हुन् ।

सरकारले फ्रिक्वेन्सी उपलब्ध गराएमा हरेक डिभाइसमा दैनिक दुई घण्टासम्म निः शुल्क इन्टरनेट उनले बताएका छन् । निम्न वर्गका प्रयोगकर्तासम्म पुग्ने कम्पनीको लक्ष्य अनुरुप नै आफूहरुले फ्री वाईफाई परियोजना शुरु गरेको प्रबन्ध निर्देशक अग्रवालको भनाई छ ।

कम्पनीले आगामी ३ वर्षमा देशका ३० हजार ठाउँमा फ्री वाईफाई सेवा विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीको वाईफाई परियोजनाका म्यानेजर पुनित मानन्धरले हाल १० हजार स्थानमा उपलब्ध भइरहेको कम्पनीको फ्री वाईफाई सेवा आगामी दिनमा थप विस्तार हुने बताए ।

प्रकाशित :२२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्