आज देशभर २ हजार ५९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ लाख नाघ्यो



काठमाडौं : नेपालमा आज (शुक्रबार) २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । हालसम्म संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । यसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ र होम आइसोलेसनमा १५, ८ सय ७७ जना रहेका छन् । आजको पीसीआर परिक्षण १३ हजार २ सय ७९ छ भने क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन् ।

आज निको भई डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ८० रहेको छ । भने कोरोना निको भएकाहरूको संख्या ७३ हजार २३ छ । हाल आईसीयूमा ३ सय १८ जना र भेन्टिलेटरमा ७५ जना उपचाररत रहेका छन् ।

कोरोनाबाट नेपालमा आज थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टायता मृत्यु हुनेमा एक महिला र ९ जना पुरुष रहेका छन् । योसँगै नेपामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा आज १ हजार ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १ हजार १ सय १६, ललितपुरका १ सय ६३ र भक्तपुरका १ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्