साढे ६ लाख बराबरको सामानसहित २ जना पक्राउ



ज्नकपुरधाम : धनुषामा करिव साढे ६ लाख बराबरको अवैध भन्सार चोरी निकासीका सामान सहित दुईजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले धनुषाको विदेह नगरपालिका वडा नम्बर-१ स्थित सडक खण्डमा शहिदनगर नगरपालिका-७ बस्ने २८ वर्षीय विरेन्द्र साह र कमला नगरपालिका-८ डुमरिया बस्ने १९ वर्षीय धिरज कुमार साहलाई पक्राउ गरेको हो ।

विदेह नगरपालिका वडा नम्बर-१ स्थित सडक खण्डमा ज. ८ प. २३४६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भन्सार चोरी निकासी गरि ल्याएका ४ लाख ३३ हजार बराबरको १७६ डिब्बा औषधी र मोटरसाईकल १ थान गरी जम्मा ५ लाख ३३ हजार बराबरको समान र गाडीका चालक तथा पछाडी सवार १ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तै जिल्लाको विदेह नगरपालिका-१ मैनाथपुर बोडर नजिक भन्सार छलि गरि नेपाल तर्फ ६ वटा साईकलमा ल्याउँदै गरेको प्लाष्टिकको कुर्सी ७९ थान, ४ वटा बोरामा अन्दाजी १५० किलो धनिया र ६ वटा साईकल गरि अन्दाजी ५५ हजार बराबरको सामान तथा सिमा प्रहरी चौकी लगमा जटहि धनुषाबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा खटेको गस्ति टोलीले नगराईन नगरपालिका–६ महादेवपट्टिघाटबाट १२ हजार ६ सय बराबरको ९ बोरा हरियो केराउ (मटर) नियन्त्रणमा लिएको छ ।

उता, जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बसहिया रोडबाट समेत ३२ हजार ४ सय बराबरको स्टिलको बाल्टिन ४४ थान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्