६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका युवक पक्राउ



ज्नकपुरधाम : ६ वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका महोत्तरीका एक युवक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मनरा सिस्वा नगरपालिका-१ बस्ने २१ वर्षीय पिन्टु ठाकुर दुई महिनापछि पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत साउन ११ गते साँझ आफ्नो घर नजिकैको एक ६ वर्षीया बालिकालाई ललाईफकाई घरमा लगेर करणी गरी फरार भएका उनलाई सोही नगरपालिका-९ बथनाहा स्थित नेपाल भारत सिमा क्षेत्रबाट लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्