चाडपर्वको समयमा विशेष सावधानी अपनाउन मन्त्रालयको विशेष अनुरोध



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको समयमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

धार्मिक कार्यक्रममा सहभगी हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । देवी देवताका मुर्ति र धेरै व्यक्तिले प्रयोग गर्ने सामाग्री नछुन सुझाव छ ।

पैसाको कारोबार विद्युतीय माध्यमबाट गर्न मन्त्रालयले भनेको छ । ज्वरो, खोकी वा स्वासप्रस्वासको समस्या भएका व्यक्तिहरु, ६० वर्षभन्दा बढी उमेरका व्यक्ति, १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, मधुमेह, क्यान्सर, मुटुरोग, उच्चरत्ततचाप, मिर्गौला, कलोजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य स्वास प्रस्वास सम्बन्धी समस्या भएका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, सरिरमा मेडिकल उपकरणहर राखेका व्यक्तिहरु, हालसालै सर्जरी गरेका व्यक्तिहरु र पछिल्लो १५ दिनभित्र सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरु उच्च जोखिममा रहेकोले घर परिवार भन्दा बाहिरको भेलामा सहभागि नहुन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्