विद्युत प्राधिकरणको गाडीबाट खसेर महिलाको मृत्यु



काठमाडौं : नेपाल विद्युत प्राधिकरणको गाडीबाट खसेर शनिबार राति एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके कोहलपुर नगरपालिका १० का ६६ वर्षीया गोमा सुवेदी रहेकी हुन् । दाङको लमही नगरपालिका ९ रिहारस्थित सडकमा बा १ ञ २२३१ नं.को प्राधिकरणको गाडीबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्