उपत्यकामा १४१६ सहित देशभर २ हजार ७१ कोरोना संक्रमित थपिए, १५५२ जना डिस्चार्ज



काठमाडौं : आज उपत्यकासहति देशभर २ हजार ७१ कोरोना संक्रमित थपिएका छन् भने १ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । पछिल्लो २४ घण्टामा एक १ हजार ५५२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यसैगरी हालसम्म ७५ हजार ८ सय ४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने ७०.३ प्रतिशत रहेका छन् । देशभरका प्रयोगशालाहरुमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आजसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६१३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४१६ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ११४५ जना, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

देशभर ३ सय २९ जना आईसीयूमा राखेर उपचार हुँदैछ । योसँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।

प्रकाशित : २५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्