‘मुन्द्रेको कमेडी क्लब’ आजबाट प्रसारणमा



काठमाडौं : चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी ‘शो’ मुन्द्रेको कमेडी क्लब आज (सोमबार)बाट प्रसारणमा हुने भएको छ ।

लकडाउनका कारण बन्द भएको ‘शो’ आजबाट संचालक हुने जीतु नेपाल ‘मुन्द्रे’ले जानकारी गराएका छन् । सामाजिक संजाल फेसबुक मार्फत आज साँझ ८ः ५० देखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको उनले जानकारी दिए ।

पहिले भन्दा केही परिस्कृत भएर आउन लागेको ‘शो’ को आजको एपिसोडमा अभिनेत्री रेखा थापा अतिथिको रुपमा देखिने छिन् । अबको शो नयाँ शैलीबाट आउने उनले बताएका छन् । हास्य श्रृखला ‘जिरे खुसार्नी’बाट ‘मुन्दे्र’ को परिचय बनाएका जीतुले सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ का ४ भागको सुटिङ गराएका थिए ।

‘शो’मा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला भने अध्यक्षको रुपमा नदेखिने भएकी छिन् । उनको ठाउँमा अभिनेत्री करिश्मा मानन्धर देखिने छिन् । ‘शो’मा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति रहनेछ । ‘शो’ जीतु नेपालकै आधिकारिक यूट्युव च्यानल ‘जीतु कमेडी च्यानल’बाटसमेत हेर्न सकिने छ ।

प्रकाशित :२६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्