आज नेप्से ९ अंकले घट्यो



काठमाडौं : आज साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले घटेको छ ।

आज ११ बजे १५७८.०१ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म आइपुग्दा ९.४२ अंकले घटेर १५६८.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

३ बजेसम्म आइपुग्दा नेप्से पुिरसुचक ०.६० प्रतिशतले घटेको छ । कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने हरियोमा नै कायम रहेका छन् । अन्तिम समयसम्म कारोबार भएका १९३ कम्पनिको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर २८ हजार ६४० पटक खरिद विक्री हुदा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : २७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्