राजपा नेपालको महाधिवेशन सर्‍यो



जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको वैशाख ७–९ गतेका लागि घोषणा गरिएको महाधिवेशन सर्ने भएको छ। महाधिवेशनको आवश्यक तयारी पूरा नभएकाले तोकिएको मितिमा हुन नसक्ने ठहर राजपाले गरेको हो।

महाधिवेशनको अर्काे मिति तय गर्न आगामी वैशाख ८ गते पदाधिकारीको बैठक बोलाउने निर्णय भएको छ। चैत २६ देखि २८ गतेसम्म बसेको राजपा अध्यक्ष मण्डलको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्