मेगा बैंकको अवितरीत हकप्रदमा परेको गोप्य शिलवन्दी खुल्ने



काठमाडौं : मेगा बैंकले अवितरित हकप्रद शेयरमा परेको बोलकबोल (गोप्य शिलवन्दी) आगामी असोज २९ गते (बिहीबार) खोल्ने भएको छ ।

बैंकले आज एक सुचना जारी गर्दै बुधबार मेगा क्यापिटल मार्केट्सको त्रिपुरेश्वरमा भएको कार्यलयमा गोप्य शिलवन्दी खुल्ने बताएको हो । कोरोना भाइरसको जोखिमका कारण अनलाइन प्रणालीबाट लाइभ प्रसारण गरिने छ ।

त्यसकारण आवेदकले कार्यक्रम स्थलमा भिडभाड नगर्न पनि आग्रह गरिएको छ । भोली बिहान १० बजे लगानीकर्ताहरुबाट आएको आवेदन खुल्ने बैंकको भनाइ छ । भोलि १० बजे बोलपत्र खोल्न सुरु गरिने र उक्त बोलपत्र निकाष्शन कम्पनीका प्रतिनिधि, नियमन निकायका प्रतिनिधि गरि सिमिति व्यक्तिको माझमा आवेदन खोलीने छ ।

साथै, त्यसको मेगा क्यापिटलको फेसबुक र वेवसाइट मार्फत भिडियो लाइभ गर्ने पनि बताइएको छ । मेगा बैंकले हकप्रद निष्काशन गर्दा सर्वसाधारण तर्फ ७,०७,३९४.९३ कित्ता र सस्थापक तर्फ ११,३३,३४४.७० कित्ता हकप्रद शेयर बिक्री भएको थिएन । उक्त अवितरीत हकप्रद शेयर असोज ११ देखि १८ गतेसम्म लिलाम बढाबढ (गोप्य शिल्ड टेन्डर) को माध्यमबाट बिक्रीमा ल्याइएको थियो ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्