सुनको मुल्य तोलामा ६ सय, चाँदीको २० रुपैयाँ घट्यो



काठमाडौं : आज (बुधबार) सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य तोलामा ६ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको ९५ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य तोलामा २० रुपैयाले घटेर तोलाको १२ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्