पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३८ संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या ८० हजार बढी



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । भने संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (बुधबार) २ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएसँगै डिस्चार्ज हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको नमुना परीक्षण गरिएको छ ।

२४ घण्टामा २ हजार १ सय ७४ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ । हाल नेपालमा ३६ हजार ३ सय ६७ सक्रिय संक्रमित रहेका छन् । ४ हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको मन्त्रालले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट काठमाडौं उपत्यकाका १४ सय ३ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ९९६ , ललितपुरमा १०२ र भक्तपुरमा ३०५ जना गरी १४ सय ३ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्