जापानी स्कूलमा रामायण अनिवार्य नभएको दाबी



टोकिया– भर्खर टोकियोमा सम्पन्न क्वाड सम्मेलनमा भारतका परराष्ट्रमन्त्री एस जयशंकरले जापानका परराष्ट्र मन्त्री तोशिमित्सु मोटेगीसँग भारत र जापान सम्बन्धका बारे छलफल गरे । यसैबीच, सोशल मिडियामा जापानले यसका सबै स्कूलहरूमा रामायण सिकाउनु अनिवार्य बनाएको एक दावी तीव्र रूपमा भाइरल भइरहेको छ ।

हरियाणा बीजेपीका आईटी र सोशल मिडिया प्रमुख अरुण यादवले पनि आफ्नो ट्विटर ह्यान्डलमा यस्तो दाबी गर्दै लेखे– ‘जापानले स्वीकार गर्यो कि रामायण पढ्दा नराम्रो मान्छे पनि राम्रो मान्छे हुन्छ ।’ जापानले यसका सबै स्कूलमा रामायण सिकाउनु अनिवार्य बनाएको छ ।

यस पोष्टको अभिलेख गरिएको संस्करण यहाँ देख्न सकिन्छ । इण्डिया टुडेको एन्टी फेक न्यूज वार रूम (एएफडब्ल्यूए) ले जापानका सबै स्कूलहरूमा रामायणको अध्ययन गलत हो भनेर पत्ता लगायो ।

दुबै फेसबुक र ट्विटर, यो दावी भाइरल भइरहेको छ ।

धेरै व्यक्तिहरू यो सत्य हो भनेर विश्वास गर्छन्। प्रयोगकर्ताले एक पोस्टमा टिप्पणी गरे, “हाम्रो देशमा रामायण पढाउनु कहिले अनिवार्य हुनेछ ?“ त्यस्तै अर्को प्रयोगकर्ताले लेखेका छन्, “भारत कहिले ब्यूँझनेछ ?“

समाचार लेखिएको समयसम्ममा करीव २५०० मानिसहरूले अरुण यादवको पोस्ट श्यर गरेका थिए ।

जापानको आधिकारिक वेबसाइटहरूमा त्यस्तो कुनै पनि जानकारी नपाएको बताएको छन् । विद्यालयहरूमा रामायण पढाउनु अनिवार्य रहेको जानकारी नभएको बताएको छ । ’द जापान टाइम्स’, ’जापान टुडे’ र ’टोकियो शिम्बुन’ जस्ता अग्रणी जापानी अखबारहरूका वेबसाइटहरूमा पनि हामीले यस्तो कुनै समाचार फेला पारेनौं । भारतीय मिडियामा यससँग सम्बन्धित कुनै प्रतिवेदन छैन, जसले यो दावीको पुष्टि गर्दछ ।

यद्यपि यो सत्य हो कि एशियाका धेरै देशहरू जस्तै रामायणको प्रभाव जापानमा पनि देखिन्छ। ’द हिन्दू’ को एक रिपोर्ट अनुसार जापानमा बौद्ध धर्मको प्रभाव बढेपछि रामायणलाई रामाएन्न वा रामाएनशो भनेर चिनिन थाल्यो ।

सन् २०१२ मा जापानी निर्देशक युगो साको र भारतीय एनिमेटर राम मोहनले पनि भगवान रामको चरित्रमा आधारित एनिमेटेड फिल्मको निर्देशन गरे जुन खबर र्चचामा थियो ।

प्रतिक्रिया दिनुहोस्