स्वास्थ्यकर्मीले कोरोना लक्षण वा पोजिटिभ देखिएमात्र क्वारेन्टिन बस्नुपर्ने



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीले कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्नु पर्ने नीति ल्याएको छ।

मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि यस्तो नीति ल्याएको हो। आज एक सुचना जारी गर्दै कोरोनाका बिरामीहरुका उपचारमा प्रत्यक्षरुपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धि मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरेको हो।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने प्रचलन थियो ।

प्रतिक्रिया दिनुहोस्