नेपाल प्रहरीमा खुल्यो ५ हजार जनाका लागि जागिर, कहिले र कहाँ दिने आवेदन?



काठमाडौं : प्रहरी प्रधान कार्यालयले ५ हजार २२७ जना प्रहरी जवान पदका लागि आवेदन खुलाएको छ। प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रहरीका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। न्यूनतम कक्षा ८ पास गरेकाले प्रहरी जवानका लागि आवेदन दिन पाउनेछन्।

खुलामा आवेदन दिने उम्मेवदवारले १५० रुपैयाँ बुझाउने पर्नेछ भने आरक्षण कोटामा उम्मेदवार दिनेले प्रत्येक समूहका लागि थप ३० रुपैयाँ बुझाउनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्