‘सरकार आइसोलेसनमा छ, अब संक्रमितको संख्या गन्नेबाहेक केही गर्दैन्’



काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाले सरकारको निर्णयको चर्को आलोचना गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नकने लागि जारी गरेको निर्देशन प्रति थापाले आपत्ति जनाएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नु ! यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू, बरु सीधै भनिदिनुस् सरकार स्वयम् संक्रमित भएर आइसोलेसनमा रहेकाले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्