४१ वर्षदेखि उठेन सैनिक हेलिकप्टरको भाडा



काठमाडौं : नेपाली सेनाले विभिन्न प्रयोजनका लागि आफ्ना विमान भाडामा उपलब्ध गराए वापत ४ करोड ३४ लाख बढी उठाउन बाँकी रहेको छ। नेपाली सेनाले आर्थिक वर्ष २०३४–०३५ देखि नै बाँकी रहेको वक्यौता उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा सेनाले आफ्ना जहाज तथा हेलिकप्टरहरू भाडामा लगाएर बापत ४ करोड ३४ लाख ६० हजार रुपैयाँ असुल गर्न बाँकी रहेको उल्लेख छ।

सेनाले विशिष्ट व्यक्तिका लागि गरेको भीभीआईपी उडानवापत मात्रै ५१ लाख ८३ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा उल्लेख छ। सेनाले आर्थिक वर्ष २०३४–०३५ देखि हालसम्म ४१ वर्षसम्मको विमान चार्टर उडानको वक्यौता असुल गर्न सकेको छैन्।

जसमध्ये आर्थिक वर्ष २०३४–०३५ देखि २०७३–७४ सम्म विभिन्न निकायले सेनाका हेलिकप्टर तथा जहाज भाडामा प्रयोग गरेवापत मात्रै ३ करोड ७ लाख ५९ हजार बुझाएका छैनन्। यस्तै आर्थिक वर्ष २०४२–०४३ देखि २०७३–०७३ सम्म भीभीआईपी उडान वापतको ५१ लाख ८३ हजार रुपैयाँ सेनाले असुल गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्