कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णय संविधान विपरित भएको टिप्पणी



काठमाडौं– कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गरेका हुन् ।

उनले संविधानले ज्ञारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए । कोभिड १९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए ।

नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिममेवार रुपमा प्रस्तुत भएको बताएका हुन् । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उनले माग गरे ।

यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताए । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उनले बताए । त्यसैले कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने बताए ।

सरकारमा बस्नेहरुले राज्यकोषलाई आफुखुशि खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्न तर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका

छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमित थपिएका छन्

काठमाडौं : चीनले चन्द्रमामा पठाएको चाङ ई-५ले चन्द्रमाको सतहको पहिलो रंगीन तस्वीर पठाएको छ ।

काठमाडौं : काठमाडौंको बौद्धमा आमा र एक महिने छोरी मृत फेला परेका छन् भने एक

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ४८ लाख ४५ हजार पुगेको

काठमाडौं : कोरोना महामारीका कारण करिब ९ महिनादेखि बन्द सिनेमा हल अझै नखुल्ने भएको छ

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० कोरोना संक्रमित थपिएका छन् भने

अनुप सोनी/काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलले मंसिर ९ गते भ्रष्टाचारसम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदन सार्वजनिक

काठमाडौं : मंगलबार सकिएको कक्षा १२ को नतिजा पुस महिनाभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीको

काठमाडौं : गृह मन्त्रालयले अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन