झाँक्रीको प्रश्न- ‘सरकार के को लागि अब !’



काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टीकी नेतृ एवं प्रतिनिधिसभा सदस्य राम कुमारी झाँक्रीले सरकार के को लागि भनेर प्रश्न उठाएकी छन् ।

कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय प्रति आपत्ति जनाउँदै उनले जनताको सुरक्षा र स्वास्थ्य भन्दा अहिले ठुलो र प्रथमिकता सरकारको के हो भनेर उनले सामाजिक सञ्जाल मार्फत प्रश्न गरेकी हुन् ।

उनी लेख्छिन्– ‘सरकार के को लागि अब ! जनताको सुरक्षा र स्वास्थ्य भन्दा अहिले ठुलो र प्रथमिकता सरकारको के हो? के महामारी नियन्त्रण गर्न सरकार पुर्णतया असफल भएको हो? यदि हो र अब यसरी नै जाने हो भने सार्वजनिक जिम्मेदारी र दायित्व लिन पर्दैन?’

प्रतिक्रिया दिनुहोस्