ललितपुर प्रशासनले रोक लगायो नदीजन्य पदार्थ उत्खननमा



काठमाडौं : जिल्ला प्रशासन कार्यालय ललितपुरले ढुंगा, बालुवा लगायत नदी तथा खानीजन्य पदार्थहरुको उत्खनन, ओसारपसार, भण्डारण र बिक्री वितरणमा रोक लगाएको छ ।

प्रशासनले मंगलबार एक सूचना सार्वजनिक गर्दै ढुंगा, बालुवा लगायत नदी तथा खानीजन्य पदार्थहरुको उत्खनन, ओसारपसार, भण्डारण र बिक्री वितरणमा रोक लगाएको हो।

सूचना विपरित कोही कसैले उक्त कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भन्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि मंगलबारदेखि नै लागू हुने गरी जिल्लाभित्र नदी तथा खानीजन्य सामग्री उत्खनन, संकलन र बिक्री वितरणमा रोक लगाएको हो ।

khanijannya_.jpg
प्रतिक्रिया दिनुहोस्