करेन्ट लागेर एक सैनिक जवानको मृत्यु



पाँचथर– तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ ।

नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका ५, होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुसी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए ।

सख्त घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दसैँ बिदा मनाउन केही दिनअघि घर आएको खुलेको छ । रासस

प्रतिक्रिया दिनुहोस्